सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा महिला उद्यमशीलताका लागि सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । वडा कार्यालयको सहयोग र अभियान नेपालको आयोजनामा सात दिने तालिम सुरु भएको हो ।
तालिमको एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको थियो । तालिमको उद्घाटन गर्दै अधिकारीले महिलालाई उद्यमी र आत्मनिर्भर बनाउन तालिम उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।कार्यक्रममा वडाध्यक्ष चयन गुरुङले वडाभित्रका महिलालाई स्वरोजगार बनाउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । प्रत्येक वर्ष वडाले महिलाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आएको सोही अन्तर्गत यसपटक सेनेटरी प्याड बनाउने तालिम गर्न लागिएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।अभियान नेपालकी अध्यक्ष लक्ष्मी तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन समारोहमा वडा सदस्य तेजनारायण चौधरी, गीता सार्की, प्रशिक्षक सन्तोषी श्रेष्ठ, स्थानीय झपेन्द्र बराललगायतको उपस्थिति रहेको थियो । तालिममा ५० जना महिला सहभागी छन् ।

Leave a Reply