रौतहट,गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेको छ ।संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतवार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाउनुभएको हो । ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ ।

यस हर्कतले न्यायको परखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उहाँले बताउनुभयो ।आइतवार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिनुभएको थियो । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।१७ वर्षअघि तत्कालिन माओवादी कार्यकर्ता र उपेन्द्र यादवको नेतृत्वमा रहेको मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच भएको झडपको क्रममा ३ दर्जनभन्दा बढी माओवादी कार्यकर्ताहरुको ज्यान गएको थियो । घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरुले संघर्ष समिति गठन गरेर उपेन्द्र यादवमाथि कारबाहीको माग गर्दै प्रदर्शन र धर्ना समेत दिदैआएका छन । यसअघि नेपाल सरकार र पीडित बीच भएको सहमति अनुसार गौर हत्या काण्डको छानबिन गरेर दोषिमाथि कारबाही गर्ने सहमति पनि भएको थियो ।

Leave a Reply