निजगढ,बाराको निजगढ– ९ नदीकट्टास्थित वाक्यश्वर महादेव मन्दिर परिषरमा महाशिवरात्रीको अवसरमा दोहोरी साँझ कार्यक्रम आयोजना गरिने भएको छ ।फास्ट ट्रयाक मिडिया प्रा.लि.को आयोजनामा हुन लागेको दोहोरी साँझमा लोक दोहोरी समूह निजगढका कलाकारहरुले दोहोरी प्रस्तुत गर्नेछन् ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ९ को कार्यालयको सहयोग तथा वाक्यश्वर मन्दिर समितिको व्यवस्थापनमा कार्यक्रम हुन लागेको आयोजक अध्यक्ष महेश्वर अधिकारीले जानकारी दिनुभयो ।महाशिवरात्रीको अवसरमा वाक्यश्वर महादेव मन्दिर परिसरमा साँझ ६ बजे शिवध्वनी बालेपछि दोहोरी कार्यक्रम सुरु हुने मन्दिर समितिका राजन श्रेष्ठले जानकारी दिनुभयो शिवरात्रीको अवसरमा लाख बत्ति बाल्ने र प्रसाद वितरण कार्यक्रम समेत आयोजना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here