राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकामा दादुरा– रुबेला खोप अभियान २०८०-८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले दादुरा– रुबेला खोप अभियान २०८०÷०८१ जानकारी गराउनु भएको छ । दादुर– रुबेला खोप ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई लगाउन सकिन्छ । उहाँले ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरु डि.पि.टी, बि.सि.जी. र पि.सि.भि खोप लिन छुटेकाले लिन लगाउन मिल्ने बताउनुभयो ।
कालिकामाई गाउँपालिकामा फागुन २७ गतेदेखि ९ दिनसम्म दादुरा– रुबेला खोप अभियान सञ्चालन हुने उहाँले जानकारी गराउनु भयो ।अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख चौरसियाले जनप्रतिनिधि, अभिभावक र कर्मचारीहरुलाई आ–आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह पनि गर्नुभयो । पहिलो पटक अभियानमा जनचेतना र प्रचार प्रसारको अभावले १३ प्रतिशत बालबालिका खोप लिनबाट वञ्चित भएकोमा यसपटक सम्पुर्ण बालबालिकाले खोप प्राप्त गर्ने उहाँको विश्वास छ ।
यस पटक कालिकामाई गाउँपालिकाको पाँच वडाका १० हजार ३ सय ५५ जना बालबालिकाहरुलाई खोप दिईने छ ।
अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष बशिष्टकुमार गुप्ताको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा उपाध्यक्ष राजमती देबी, वडा अध्यक्षहरू सोनालाल चौरसिया, लालबाबु बरै, जयनारायण प्रसाद, नेपाली काँग्रेसका नेता राधाकृष्ण चौरसिया, स्वास्थ्यकर्मी महेन्द्र चौरसिया, कार्यपालिका सदस्य स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको सहभागीता रहेको थियो ।

















