आरके राजन
सिम्रौनगढ,विगत केही महिनादेखि विवादका कारण कार्यालयको कामकाज ठप्प हुदैआएको बाराको सिम्रौनगढ नगरपालिकाले सोमवारदेखि निकास पाएको छ ।यसअघि द्वन्द व्यवस्थापनको लागि पटक पटकको बसेको बैठकले कुनै निकास पाउन सकेका थिएन । जसका कारण कर्मचारी र जनप्रतिनिधिहरुले गर्दैआएको बन्द, हडताल, धर्ना र नारा जुलुसले कार्यालयको काम ठप्प हुदैआएको थियो ।

सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा सोमवार भएको नगर सभाको विशेष नगर सभा बैठक २०८०-०८१ पनि सफल भएको बताइएको छ । नगरपालिकाभित्र उत्पन्न विवादमा आपसी सहमति भएपछि नगर सभा पनि सफल भएको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले जानकारी गराउनुभयो । सम्पन्न भएको नगर सभा र विवादको विषयमा भएको भनिएको सहमतिको बारेमा भने विस्तृत विवरण आउनु बाँकी रहेको बताइएको छ ।

Leave a Reply