नेकपा माओवादीले संचालन गरको सशस्त्र संघर्षको उपज आज नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मुलुकमा रहेको छ । लामो समय शासन गरेको राजसंस्थाको औपचारिक बिदाइ भएको पनि करिब प्रन्ध वर्ष भइसकेको छ । प्रन्ध वर्षको अवधिमा नेपालमा भएका राजनीतिक उपलब्धीहरुको समीक्षा हुदै गर्दा २०७९ साल मंसिर ४ गते सम्पन्न भएको चुनावको मत परिणामको पनि बिश्लेषण हुन जरुरी छ । २०६४ सालमा बहुमत ल्याएको माओवादी पार्टी अहिलेको चुनावमा खुम्चिएको छ ।
यो भनेको माओवादीको राजनीतिक एजेण्डा अब असफल भइसकेको संदेश दिन मतदाताहरुले खोजिरहेका छन् । संघीयता विरोधी वा त्यसलाई खासै महत्व नदिने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी र संघीयताको हिमायती नभएका दलहरु काँग्रेस र एमालेले माओवादीको भन्दा बढी मत ल्याउनु पनि यसैको उपज हो । त्यसैले अब संघीयताको बहस हुन आवश्यक छ ।
संघीयताको नाउमा भएको अवसरवादले मुलुकलाई अप्ठेरोमा लैजादै छ । मधेशको मुद्दा उठानमा पहिलो रहेको माओवादी मधेसमा असफल भएको छ । अब माओवादीले चुनावी नीति परिपरिवर्तन गर्न आवश्यक छ र संघीयता र आरक्षणको सवालमा पनि पुर्नबिचार गर्न जरुरी देखिएको छ ।