मकवानपुर,मकवानपुरमा बिजुलीको पोल ढलेर लाग्दा बकैया गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य रामकुमार तितुङको ज्यान गएको छ । मंगलवार दिउँसो आफ्नै घर अगाडि हिँडिरहेका बेला बिजुलीको पोल ढलेर लाग्दा उहाँ गम्भीर घाइते हुनु भएको थियो । उहाँलाई हेटौँडामा उपचार हुन नसकी भरतपुर लगिएको थियो । चिवतन मेडिकल कलेजमा उपचारको क्रममा बुधवार बिहान उहाँको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

Leave a Reply