कलैया,बाराको फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारीमाथि स्थानीयको एउटा समूहले शुक्रबार बिहान हातपात गरेको छ । सुरक्षाकर्मीहरुको टोलीले अन्सारीको उद्धार गरेको थियो ।फेटा ३ स्थित आफ्नै घरमा छलफलका क्रममा रहेका अध्यक्ष अन्सारीमाथि दुई पक्षबीचको विवादका क्रममा आक्रमण भएको हो ।बिहीबार राति जन्ती आएका दुई समुदायका युवाहरूबीच भएको कुटपिटको विषयलाई लिएर दुवै पक्ष सहमति खोज्न अध्यक्ष अन्सारी कहाँ पुगेका थिए । तर सो विवाद मिलाउन आफूले केही गर्न नसक्ने बताएपछि आक्रोशित बनेका स्थानीयले उहाँमाथि हातपात गरेका थिए ।आक्रोशित भीडले घर घेराउ गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उहाँलाई सुरक्षित स्थानमा पु¥याएको छ ।

Leave a Reply