फोटोमा : पोखरी खन्दा फेला परेको प्राचिन मुर्ती तथा मुर्ती लुकाएको आरोपमा पक्राउ परेका जेसिवी चालक नविन राम ।
फोटोमा : पोखरी खन्दा फेला परेको प्राचिन मुर्ती तथा मुर्ती लुकाएको आरोपमा पक्राउ परेका जेसिवी चालक नविन राम ।

कृपा संवाददाता
मनहर्वा , ३० कार्तिक । बाराप्रहरीले एकथान प्राचिन मुर्ती सहित सर्लाही बरथहवा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरहथवा नगरपालिका १३ का३१ बर्षिया नविन राम रहेका छन् । उनलाई प्रहरीले सुक्रबार पक्राउ गरि शनिवार सार्वजनिक गरेको हो ।

गत कार्तिक ९ गतै सिम्रौनगढ नगरपालिका ३ को नयकाटोला स्थीत पोखरी खन्ने क्रममा प्राचिन मुर्ती फेला परेको थियो । फुटेको अवस्थामा फेला परेको मुर्ती सोही दिन हराएको थियो । हराएको मुर्ती पोखरी खन्न प्रयोग गरिएको ना १ क ५२०२ नं.को व्ऋद्य जेसिबीका चालक रामले लुकाई राखेको अवस्थामा फेला परेपछी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मुर्ती बरामद गरी चालक रामलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको बाराका प्रहरी नायव उपरिक्षक रंजित सिंह राठौरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here