मनहर्वा,तिलगंगा सामुदायिक आँखा अस्पताल निजगढको सहकार्यमा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले स्थापनाको २० वर्ष पुरा गरेको अवसरमा शुक्रवा निःशुल्क आँखा परीक्षण शिविर आयोजना गरेको छ ।संस्थाले जीतपुरसिमरा उपमहानगररपालिका वडा नम्बर १७ को जैतापुरस्थित नेपाल राष्टिय माध्यमिक विद्यालयमा शिविरको आयोजना गरेको हो । शिविरमा स्थानीय विद्यालयमा अध्ययनरत ३ सय ११ जना बालबालिकाहरुको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षण गरिएका बालबालिका मध्ये आँखाको दृष्टि शक्ति कमजोर रहेका १३ जनालाई निःशुल्क चस्मासमेत प्रदान गरिएको संस्थाले जनाएको छ ।शिविरमा तिलगंगा आँखा अस्पताल निजगढका नेत्र चिकित्सक दिपक सुवेदी र नेत्र सहायक गंगा अधिकारीले परीक्षण गरेका थिए । कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाकी अध्यक्ष नयनकला खड्का, मुख्य प्रबन्धक पुष्पराज खतिवडा, कलैया सेवा केन्द्र प्रमुख जगदिप कोइराला, विद्यालयका प्रधानाध्यापक रोहितप्रसाद चौधरी, सहायक प्रधानध्यापक प्रेम लामालगायतको सहभागिता थियो ।त्यसैगरी शुक्रवार नै सहकारी संस्थाको कलैयाको उत्तरझिट्कैंया, महेशपुर, मझौलिया र बडहर्वास्थित शाखा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई पुष्पगुच्छा र मिठाइ दिएर स्वागतसमेत गरेको थियो । साना किसान कृषि सहकारी संस्था मनहर्वा २०६० पौष १३ गते डिभिजन सहकारी कार्यालय भरतपुर चितवनमा दर्ता भएर संचालनमा आएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनुभयो ।




















