कृपा संवाददाता

हेटौंडा – हेटौंडामा पाठेघरको भिआइए परिक्षमण, मुख र स्तन क्यान्सर सम्वन्धी ३ दिने तालिम आजबाट हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा नर्सिङ संघ मकवानपुरको आयोजानमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले तालिम लिइसकेपछी यसलाई स्वास्थ्यकर्मीहरुले कार्यान्वयनमा ल्याउनुपर्ने वताउनुभयो ।

 

 

पाठेघर, मुख र स्तन क्यान्सर हुनुभन्दा पहिलेनै जानकारी दिनका लागि पहिलेनै सचेत गराउनका लागि यो तालिम प्रभावकारी हुनुपर्ने मेयर महतले वताउनुभयो । अहिले विरामी भइसकेपछी वा क्यान्सर भईसकेपछी मात्र अस्पताल जाने चलन भएकाले यसभन्दा पहिलेनै सचेत रहनेगरी चेतनाका कार्यक्रम ल्याउन जरुरी रहेको मेयर महतले वताउनुभयो । सबैले आफ्नो खानपानमा ध्यान दिनका लागि आग्रह गर्दै मेयर महतले यो तालिमपछी कार्यान्वयनमा गर्न पनि ध्यानाकर्षण गराउनुभयो । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply