निजगढ,नेकपा एमाले निकट प्रजातान्त्रिक रष्ट्रिय युवा संघ निजगढले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४ जनाले रगत दान गरेका छन ।युवा संघले बिहीवार निजगढको शहिद चोकमा आयोजना गरेको कार्यक्रममा १५ जना महिलासहित १०४ जनाले रक्तदान गरेका हुन ।
रक्तदातालाई निजगढ नगरपालिकका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, युवा संघका केन्द्रीय सदस्य तिलक घलान, संघका निजगढ नगर अध्यक्ष घनश्याम तिमल्सिना, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुदर्शन कोइराला, निजगगढ नगरपालिकाकी पूर्व नगर उपप्रमुख लिलादेबी लामिछाने खनाललगायतले रक्तदानको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
















