वीरगन्ज,अन्तर्राष्टिय नारी दिवसको उपलक्ष्यमा पर्सा चिकित्सक श्रीमती सघ र फोर.जि.आर. सस्थाको समन्वयमा शनिबार वीरगन्जको लाल पर्साको हेल्थ पोस्टमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ४०७ जना स्थानीयको स्वास्थ्य परीक्षण भएको संघकी सचिव श्रीमती निशा सिंहले जानकारी दिनुभयो । शिविरमा बरिष्ठ फिजिसियन डा.निरज सिंह, डा.रामकिशोर सिंह, बाल रोग विषेशज्ञ डा.अशोक दास, स्त्री रोग विषेशज्ञ डा.दिप्ती यादव, दन्त रोग विषेशज्ञ डा सोनी झा ठाकुर, डा. प्रेरणा सिंह लगायतले उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रीक, दात सम्वन्धी रोग, महिला स्वास्थ्य तथा प्रजन्न सम्वन्धी रोग, बाल बलिकाहरुको स्वास्य परीक्षण गरेको बताइएको छ ।पर्सा चिकित्सक संघका अध्यक्ष श्रीमती नीता झाको अध्यक्षतामा भएको उक्त स्वास्थ्य शिविरमा कोषाध्यक्ष लुना बनर्जी, सहसचिव पिया सिह, निभा दास र कल्पना भगतको उपस्थिति रहेको सचिव श्रीमती सिंहले जानकारी गराउनभयो ।यसैबीच सखुवाप्रसौनी गाउँपालिकाको सिद्धपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यु त्रिलोकी क्लिनिक बिर्ता र रोेट्री क्लब आफ वीरगन्जको आयोजना तथा श्री नेरा आधारभुत विद्यालयको सहयोगमा भएको उक्त स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ डा.आनन्द कुमार झा, दन्तरोग बिशेषज्ञ डा प्रेरणा प्रियादर्शनी, फिजिसियन शिवकुमार झा, स्त्री रोग विशेषज्ञ डा मिता महर्जन, नाक कान घाटी रोग विशेषज्ञ डा आमोद श्रेष्ठ, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा सास्वतप्रसाद र किरण आखाँ अस्पतालको प्राविधिक टोलीलगायतले ४५० जनाभन्दा बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको क्लिनिकका संचालक श्याम गुप्ताले जानकारी दिनुभयो ।स्थानीय शिक्षक तथा थारु अगुवा राजेन्द्रप्रसाद थारुको अध्यक्षतामा भएको सो शिविरमा विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरी तथा स्थानीय जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।



















