आर.के. चौधरी
सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिकामा दादुरा– रुबेला खोप सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकामा दादुरा–रुबेला खोप अभियान २०८०-०८१ सम्बन्धि अभिमुखीकरण कार्यक्रम गाउँपालिका अध्यक्ष यसवन्त यादवको अध्यक्ष्यतामा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपलिका उपाध्यक्ष शर्मिला बिष्ट महतो, गाउँपालिकाका वडा नम्बर १ देखि ६ नम्बरसम्मका वडा अध्यक्षहरू क्रमशः बाशुदेव महतो थारु, चिरञ्जीवी महतो थारु, मोजामिल अन्सारी, महम्मद आरीफ, आशेश्वर यादव, मुन्ना कमकर, वडा सदस्यहरु, प्रमुख प्रशासकीय प्रमुख अधिकृत राजेश रौनियार, प्रशासन शाखा प्रमुख अरबिन्द ठाकुर, समाजिक विकास शाखा प्रमुख बिनोद यादव, महुवन स्वास्थ्य शाखा प्रमुख सरोज गिरी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत रौनियारले दादुरा–रुबेला खोप अभियान २०८०÷०८१ बार कार्यक्रममा जानकारी गराउनु भएको थियो ।

दादुर– रुबेला खोप ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई लगाउन सकिने उहाँले बताउनुभयो । ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई डि.पि.टी, बि.सि.जी. र पि.सि.भि खोप लिन छुटेका बालबालिकाहरुलाई दिन मिल्ने सो दादुरा– रुबेला खोप २०८०÷०८१ सखुवाप्रसौनी गाउँपालिकामा फागुन १३ गतेदेखि ९ दिनसम्म सञ्चालन हुने उहाँले जानकारी गराउनुभयो ।

Leave a Reply