निजगढ,निजगढ ७ स्थित चौतारा युवा क्लबको आयोजनामा आगामी असोज १६ गतेदेखि चौथों निजगढ नगरस्तरीय खुल्ला भेट्रन कप फुटबल प्रतियोगिता हुनेभएको छ ।
प्रतियोगिताको विजेता टोलीले ३० केजी र उपविजेताले २० केजीको खसी पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष दिलबहादुर पुलामी मगरले जानकारी दिनुभयो ।वडा नम्बर ७ को कार्यालय र निजगढ नगरपालिकाको सहयोगमा नेत्रोदय माध्यमिक विद्यालय योजना टोलको प्राङ्गणमा हुनलागेको सो प्रतियोगिताको मिडिया पाटनरको रुपमा सामुदायिक रेडियो निजगढ रहेको छ ।
प्रतियोगिता ४० वर्षमाथिका खेलाडी सम्मिलित टोलीको सहभागिता रहने र सहभागी हुन चाहने टोलीले आगामी असोज १४ गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने अध्यक्ष पुलामी मगरले बताउनुभयो । एक सातासम्म चल्ने सो प्रतियोगितामा निजगढ र छिमेकी पालिकाका क्लबहरुको सहभागिता रहने छ ।चौतारा युवा क्लबले यसअघि पनि बडा दशैंको अवसरमा नगरस्तरीय भेट्रन कप फुटबल प्रतियोगिता आयोजना गर्दैआएको छ ।


















