निजगढ, ५ असोज– विवादित पुल निर्माण कार्य सुरु गरिएपछि बारा र रौतहटको सीमा क्षेत्रमा सोमबार बिहान दुई जिल्लाका स्थानीय बासिन्दाबीच झडप भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर– ५ रुपौलिया र रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर–३ मेवा गाउँका बासिन्दाबीच बिहान ७ बजेबाट झडप भएको हो । झडपमा दुबैतर्फका डेढ दर्जन भन्दा बढी स्थानीय घाइते भएका छन् । झडपमा रुपैलीका थारु बैठा, तपेन्द्र भगत माली र रामपुकारको अवस्था गंभिर घाइते बनेका छन । घाइते अधिकांशको टाउको हात, खुट्टामा चोट लागेको छ । झडप नियन्त्रणमा लिन बाराबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

बारा र रौतहट जिल्लाको सिमानामा पर्ने अडुवा नदीको पश्चिमतर्फको भङ्गालोमा पुल (कल्भर्ट) बनाउने विवादमा दुबै पक्षबीच झडप परेको हो । मेवाका स्थानीयले नदी किनाराको पश्चिमपट्टी बारा जिल्लामा पर्ने क्षेत्रमा पुल बताउने तयारी गरेका थिए । पुल बनाउने नाममा खोलावारी आएर जिल्लाको सिमाना हडप्न खोजेको भन्दै रुपैलियकाबासिन्दाले पहिले देखिनै विरोध जनाउदै आएका थिए ।

यसबीचमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखसहित पटकपटक बैठक बसेर सहमति गराउने प्रयास भएको थियो । पछिल्लो पटक बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितसहित दुबै पक्षका प्रनिनिधिहरुबीच भएको बैठकले आगामी असोज ९ गतेसम्म काम स्थगित गर्ने सहमति गरेको थियो । तर उक्त सहमति विपरित सोमबार बिहानैबाट पुल निर्माण थालिएपछि रुपौलियाबाट ठुलो संख्यामा गएका स्थानीयले ढलानको लागि तयार पारिएको सेन्ट्रिङ्ग भत्काउनुको मिक्सचरमा समेत तोडफोड गरेका थिए ।

झडपको क्रममा रुपौलियाबाट गएको समुहले ना. ६५ प ९४६९ नम्बरको एउटा मोटरसाइकल पनि तोडफोड गरेको आरोप छ । त्यसपछि मेवाबाट आएका स्थानीयले पनि उनीहरुमाथि आक्रमण शुरु गरेका थिए । आदर्शकोतवाल गाउँपालिकाका अध्यक्ष मुस्ताफा अन्सारीले सहमति विपरित पुल निर्माण कार्य थालिएको र नदीको पश्चिमतर्फ माटो भर्न नदिएपछि बाध्य भएर पुल निर्माण कार्यमा अवरोध गर्नुपरेको बताउनुभयो । ‘पुल त एउटा बाहनामात्रै हो, अध्यक्ष मुस्तफाले भन्नुभयो, मुख्य कुरा उनीहरुले बारामा पर्ने जमिन अतिक्रमण गर्न चाहेका छन ।’ उहाँले अडुवा नदी पश्चिमतर्फ रहेको ४ बिगाहा १८ कठ्ठा जमिन रौतहटका बासिन्दाहरुले आफनो भोगचलमा लैजान खोजेकोले आफुहरुले विरोध गर्नुपरेको बताउनुभयो । उहाँले कुनै हालतमा पनि आफनो गाउँपालिकाको जमिन अरुलाई हडप्न नदिने बताउनुभयो ।

प्रस्तावित पुल निर्माण क्षेत्रको पश्चिमतर्फको जमिनमा आदर्शकोतवाल गाउँपालिकाले माटो भर्ने सहमति भएको भएपनि मेवाका स्थानीयले माटो भर्न नदिएको बताइएको छ । त्यसैगरी फतुवा विजयपुर नगरपालिका वडा नम्बर– ३ का वडा अध्यक्ष दिपनारायण साहले पुलको अभावमा मेवा गाउँका बासिन्दाहरुले वर्षौदेखि समस्या बेहोर्दै आएको र अहिले पनि विभिन्न बाहानाबाजी गरेर निर्माण कार्य रोक्न खोजेको बताउनुभयो । वडा अध्यक्ष साहले अडुवा खोला पश्चिमको क्षेत्र नक्सामा बारा जिल्लामा परेपनि भोगचलको हिसाबले आफनो अधिकारमा रहेको बताउनुभयो । उक्त क्षेत्र वर्षैअघि देखि आफुहरुले भोगचल गर्दै आएको बताउनुभयो । ‘रुपौयिाकाासिन्दो विकास निर्माण विरो धी मात्रै हैन, सर्वसाधारणमाथि आक्रमण र निर्माण सामाग्री तोडफोड गरेर अमानवीय कार्यसमेत गरेका छन, वडा अध्यक्ष साहले भन्नुभयो, जनताको सुविधाको लागि बन्न लागेको पुल जस्तो सुकै अवरोध आएपनि नरोकिने बताउनुभयो ।’

अहिलेको ठाउँमा पुल बनाउँदा नदीले धार परिवर्तन गरी गाउँ डुबानमा पार्ने भन्दै बाराको रुपौलियाका बासिन्दाले विरोध गर्दै आएको स्थानीय रमाकान्त साहले बताउनुभयो । तर रौतहटतर्फका बासिन्दाले भने पुल तोकिएकै स्थानमा बन्नुपर्ने अडान राख्दै आएका छन् । समस्या समाधान नै नगरी पुल निर्माण कार्य सुरु गरिएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा दुबैतिरका स्थानीय बासिन्दा एक अर्कामाथि जाइलागेका थिए ।

हातमा लाठी भाटा लिएर पुल निर्माण स्थलमा पुगेका स्थानीयले पुल निर्माणका लागि सिमेन्ट घोल्ने मिक्सरमासमेत आगो लगाउने प्रयास गरेका थिए । दुई गाउँबीच झडप भएको जानकारी पाएपछि स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी रुपौलिय र मेवाकोबीचमा पर्ने क्षेत्रमा पुगेको थियो । सडक डिभिजन कार्यालय हेटौडाको ३३ लाख सहयोगमा अडुवा खोलामा पुल निर्माण हुन लागेको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले समस्या समाधानका लागि आगामी असोज ९ गते दुवै गाउँका बासिन्दबीच छलफल गर्ने सहमतिसमेत भएको जानकारी दिन्ुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here