रौतहटको गौरका मेयरलाई हत्या गर्ने उद्देश्य बोकेका एक व्यक्ति पक्राउ परेको नेपाल प्रहरीले जानकारी दिएको छ । मेयर भनेको जहाँको भएपनि जनप्रतिनिधि नै हो र उनीहरु सहित सबै नागरिकहरुको सुरक्षाको प्रत्याभूति गराउने काम नेपाल प्रहरीको हो ।बाराका कलैयाका एक विद्यालयका संचालकको हत्यापछि आलोचित बनेको प्रहरीले गौरका मेयरको हत्या गर्ने योजना बनाएका र जो बाराका ती विद्यालय संचालकको समेत हत्यारा रहेकालाई पक्राउ गरेको बताएपछि प्रहरीले केही हदसम्म भएपनि सर्वसाधारणको सहानुभूति पाएको छ ।

तर, यस घटनाको सबै कुरा अहिले खुलिसकेको छैन । प्रहरीले अझै अनुसंधान गरेर सत्य कुरा बाहिर ल्याउनुपर्दछ । नेपालमा भन्दा पनि तराई मधेसमा कुनै समय यस्ता अपराधीहरुसंग प्रहरीकै संलग्नता रहने गर्दथ्यो जसका कारण नागरिकहरुले सुरक्षाको प्रत्याभूति गर्ने अवस्था नै थिएन तर अहिले संस्थागत रुपमा त्यस्तो छैन एकाध भए त्यो फरक कुरा हो ।
अपराधमा संलग्न जो भएपनि कारबाहीको भागीदार बन्नु नै पर्दछ । अपराधीहरुको अन्त्य एकदिन हुने निश्चित छ । बारा, पर्सा, रौतहट भारतसंग खुला सीमाना भएकाले पनि यो ठाउँमा नेपालका समेत अपराधीहरुको सहभागितामा भारतीय अपराधीहरुले आतंक मच्चाउने गरेका छन् । यस्ता अपराधीहरुलाई नेपाल र भारतका प्रहरीहरुले पनि एक्सन लिएर कारबाही गर्नुपर्दछ । जति दिन लुके पनि एकदिन उनीहरुको अन्त्य भने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here