नरेश गुप्ता

बरियारपुर,लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बाराले कलैयामा आयोजना गरेको पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कलैयास्थित एभरेस्ट लजमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक केन्द्रीय सदस्य गणेशप्रसाद साह तथा विशिष्ठ प्रशिक्षक डा.कमरुल्लाह अंसारीले समसामयिक विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

प्रशिक्षणमार्फत लोसपा नेपालले आफ्ना कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी संघठनको विस्तारमा अगाडि बढन अभिप्रेरित गराएको हो ।

सन्तोष पटेलको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा ओमओमप्रकाश चौधरी, किशोरी साह, राजेश यादव, बिनोद यादव, अनिल साहलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन पार्टीको जिल्ला कार्यसमितिका सचिव प्रमानन्द मुखियाले गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रममा जिल्लाका सबै पालिकाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here