रौतहट,रौतहटमा एकजना युवकले आफैँले बोकेको कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका छन ्।जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौराका ४५ वर्षीय जयप्रकाश साहले कटुवा पेस्तोलले गोली हानेर आत्महत्या गरेका हुन् । बिहिवार बिहान ९ बजेर ४५ मिनेटमा आफ्नो घरमै रहेको अवस्थामा जयप्रकाशले कटुवा पेस्तोलले आफ्नै छातिमुनी पेटको माथिलो भागमा एक राउण्ड गोली प्रहार गरेका थिए । गोली लागेर अचेत अवस्थामा उनलाई उपचारको लागि भरतपुर अस्पतालमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओमप्रकाश खनालले बताउनुभयो । साहले प्रयोग गरेको पेस्तोल प्रहरीले नियनत्रणमा लिएको डिएसपी खनालले जानकारी दिनुभएको छ ।

















