काठमाडौं, २९ माघ ।
क्यानडाविरुद्ध शतक प्रहार गरेपछि अनिल साहको चर्चा झनै चुलिएको छ । शनिबार क्यानडाविरुद्ध कीर्तिमानी अर्धशतक प्रहार गरेपछि अनिलले राष्ट्रिय टोलीमा उत्कृष्ट पुनरागमन गरेका थिए । दोस्रो खेलमै उनले शतक प्रहार गर्दै आफूलाई अब्बल ब्याटरको रूपमा छाप छोडेका छन् ।


टियु क्रिकेट मैदानमा सोमबार उत्कृष्ट सुरुवात गरेका अनिलले मध्यक्रममा सम्हालिएर खेलेका थिए । उत्कृष्ट फिनिसिङ गर्दै अनिलले शतक प्रहार गरे । १२४ बल खेलेका अनिलले १२ चौका र २ छक्काको मद्दतमा ११२ रनमा अविजित रहे ।
यहा“सम्म आइपुग्न धेरै ”हार्ड वर्क” गरेको आयोजित पत्रकार सम्मेलनमा अनिलले बताए । राष्ट्रिय टोलीमा यसअघि दुई खेल खेलेको उनले स्मरण गरे । तर टिममा नपर्दा आफूले गरेको मेहनत भनिसाध्य नभएको उनले बताए । ”राष्ट्रिय टोलीमा छिटो आए कि ढिलो थाहा भएन । तर पा“च वर्षका दौरानमा मैले दुई खेलमात्र खेले । यसबीचमा मैले धेरै हार्ड वर्क गरे । नेटमा धेरै अभ्यास गरे । त्यही मेहनतले आज खेल्न सजिलो भएको छ,” उनले भने ।
उनले मैदानमा उत्रिसकेपछि टिमलाई जिताउनु नै ठूलो जिम्मेवारी हुनेगरेको बताए । उनले शतक प्रहार गर्न पाएकोमा खुसी व्यक्त गरे । ”खुसी छु । टिमको लागि जति धेरै रन बनाउन सक्यो, त्यति राम्रो हो नि । अरु खेल पनि बा“की छन् । हेर्दै जाउ“ कस्तो हुन्छ,” उनले भने ।
अनिलको पारीलाई सबैले अट्याकिङ भनेर ब्यख्या गरे । पहिलो खेलमा पनि कप्तान रोहित पौडेलले ”टी–२० खेलिरहनुभाथ्यो कि क्या हो दाइ” भनेर जिस्काएका थिए । अनिलले जता हाने पनि बाउन्ड्री जान थालेपछि त्यसरी खेलेको बताएका थिए ।
अनिलले आफूले अट्याकिङ नखेलेको प्रष्ट पारेका थिए । आफूले जोडले नभई प्लेसमेन्ट हेरेरमात्रै हान्ने गरेको उनको प्रतिक्रिया थियो । ”मैले अट्याकिङ खेलेको होइन, रियाक्ट गरेको हो । दिमागलाई शून्यमा राखेर सर्ट हेरेर रियाक्ट गरेको हु“,” उनले भने ।
उनले टिमको रणनीति पनि ”वान बल ब्याटल” रहेको भन्दै जोसुकै बलर आए पनि दिमागलाई एक ठाउ“मा राखेर हान्नेगरेको बताए । उनले रन बन्दा र नबन्दा दिमागलाई कसरी सन्तुलित राख्ने विषय आप्mनो लागि मुख्य कुरा भएको बताए । ”अहिले रन बनिरहेको छ । पछि रन नबन्न पनि सक्छ । बन्दा कसरी र नबन्दा कसरी दिमागलाई ठीक ठाउ“मा राख्ने भन्ने पनि मुख्य कुरा छ मेरो लागि,” उनले भने ।
उनले शतक बनाउ“दा भीम सार्कीले ठूलो सहयोग गरेको बताए । ”शतक बनाउन भीमले पनि धेरै सहयोग गरे । उनले लामो इनिङ खेल्नुपर्छ भन्थे । हामी दुवै फोकस भएर खेल्यौं । अनि नतिजा पनि हाम्रो पक्षमा आयो,” उनले भने ।
तेस्रो नम्बरमा आएर शतक प्रहार गरेका भीमले आप्mनो लागि अवसर भएको बताए । खेलाडीलाई हरेक म्याच महत्वपूर्ण हुनेगरेको उनको भनाइ छ । उनले सबै खेलाडी नहु“दासमेत जितिरहेको भन्दै नेपालको खेल एकदमै राम्रो बताएको बताए ।


















