पोखरिया,पर्साको बिन्दवासनी गाउँपालिका वडा नम्बर ५ भेल्हा धर्मशालामा दलित समुदायका महिलाहरुको लागि सिलाइ कटाइ तालिम सुरु भएको ।
बिन्दवासनी गाउँपालिकाको सहयोग र सरिता सीप कला केन्द्रको आयोजनामा दलित समुदायका महिलाहरुलाई सीप तथा रोजगारमुलक तालिमको कार्यक्रमका प्रमुख अतिथि समाजिक शाखाका अधिकृत नरेश चौहानको दिप प्रज्ज्वलन गरी उद्घाटन गर्नु भएको थियो । तालिममा सक्रिय सहभागी बनेर सीप सिक्न सहभागीहरुलाई अधिकृत चौहानले अनुरोध गर्नुभयो ।
गाउँका दलित वर्गका महिलाहरुलाई सीप सिकाएर रोजगार तथा आय आर्जन गर्न सक्षम तुल्याउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
तालिम उद्घाटन कार्यक्रममा सहभागी आयोजक सरिता गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक आभा देवी, सहप्रशिक्षक रिंकु देवी, बंशीधर गुप्ता, सुभाष मेहता, श्यामबिनयप्रसाद चौधरी, पुनदेव मुखिया, मुकेश ठाकुर, पत्रकार जगत राईलगायतको उपस्थिति रहेको थियो ।


















