वीरगञ्ज,पर्सा जिल्लाको विभिन्न स्थानमा भारतीय मालवाहक ट्रकका चालकहरूसंग दिनहुँ अवैध शूल्क असुली हुने गरेको छ । स्थानीय तहका ढाटहरूले गैरकानुनी रूपमा शूल्क असुली गरिरहँदा पनि नियन्त्रणको लागि सरोकारवाला निकायले भने चासो देखाएका छैनन ।अवैध असूलीले पीडित बन्दैआएको भारतीय चालकहरुले गुनासो गरेका छन । उनीहरुले राजमार्गमा धेरै ठाउँमा गैरकानुनी रूपमा शूल्क तिर्न बाध्य पारिने गरेको छ । विशेष गरी, आइसिपी (इंटीग्रेटेड चेक पोस्ट) नजिकैको नोभा ट्रेडिङको ढाट, जगरनाथपुर चौकको कबाडी करको ढाट र परवानीपुरको अर्को नोभा ट्रेडिङको ढाटमा अवैध शूल्क असुली हुने गरेको हो ।

“हरेक दिन हामीलाई विभिन्न स्थानमा अवैध शूल्क तिर्न बाध्य पारिन्छ, एकजना चालकले भने, यसले हाम्रो आर्थिक बोझ मात्र होइन, मानसिक तनाव पनि बढाएको छ।“ ड्राइभरहरूले पर्सा प्रहरी प्रशासनलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारबाही नभएको भन्दै निराशा व्यक्त गरेका छन्।
नोभा ट्रेडिङको ढाटमा अनिवार्य रूपमा अवैध शूल्क तिर्नुपर्ने बाध्यता ड्राइभरहरूलाई परेको छ। यस ढाटमा दिनहुँ ट्रकहरू रोकेर अवैध असुली हुदैआएको छ । जगरनाथपुर चौकमा रहेको कबाडी करको ढाटमा पनि ड्राइभरहरूले अवैध शूल्क तिर्नुपर्छ। यहाँका कर्मचारीहरूले धम्कीपूर्ण व्यवहार देखाउँदा ड्राइभरहरू आतंकित बन्दैआएका छन ।
परवानिपुरमा रहेको नोभा ट्रेडिङको अर्को ढाटमा पनि ड्राइभरहरूले अवैध शूल्क तिर्नुपरेको छ। यसले गर्दा भारतीय मालवाहक ड्राइभरहरू असाध्यै पीडित भएको उनीहरुले गुनासो गरेका छन्।
भारतीय चालकहरुका अनुसार, पर्सा प्रहरी प्रशासनले यो विषयमा कुनै ठोस कदम चालेको छैन। प्रशासनको निष्क्रियताले समस्या बढेको हो । “हामीले प्रशासनलाई यसबारे जानकारी गरायौं, तर अहिलेसम्म कुनै कारबाही भएको छैन, एक चालकले भने, यस विषयमा स्थानीय प्रशासनले तत्काल कारबाही शुरु गर्नुपर्छ ।’


















