कलैया,बारामा बसले किचेर २ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ३ सन्तगंजमा यात्रुवाहक बसले किचेर बालिकाको मृत्यु भएको हो ।कलैयाबाट सन्तगंज जादै गरेको ना ३ ख ९९९० नम्बरको बाबा डिलक्सको यात्रुवाहक बसले किचेर सोही बसमा सवार २ वर्षिया बालिकाको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका वडा नम्बर ८ बस्ने अन्तिमा कुमारीले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

कलैयाबाट भारतको अठमुहानस्थित मामाघर जाने क्रममा बसबाट ओर्लिएर हिडन क्रममा बसबाट किचिएर गम्भीर घाइते भएकी अन्तिमालाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । अस्पताल पुग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताउनुभयो ।बालिकाको मृत्युपछि संतगंजको अवस्था तनावग्रस्त बनेको थियो । स्थानीयले बसमा आगजनी र तोडफोड गरेका थिए । बस चालक कलैया उपमहानगरपालिका वडा नम्बर २७ बस्ने ४० वर्षिय मुरारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply