निजगढ,बाराको निजगढ नगरपालिका– १२ मा च्याप्टर नेपालको सहकार्यमा लागु औषध दुव्र्यसनीविरुद्ध र ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।वडा कार्यालयको आयोजनामा सामाजिक संस्था च्याप्टर नेपालले स्थानीयको सहभागितामा शनीवार लागु औषध दुव्र्यसनीविरुद्ध र शुक्रवार विद्यार्थीहरुलाई लक्षित गरेर ट्राफिक सचेतना कार्यक्रम संचालन गरेको हो ।
रामथलीमा भएको लागु औषध विरुद्धको कार्यक्रममा ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछाने र रतनपुरी स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।कार्यक्रममा स्थानीय क्लबका सदस्यहरु तथा अभिभावकहरुको सहभागिता रहेको च्याप्टर नेपाल निजगढका महासचिव सुदिप तिमल्सिनाले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा सदस्यहरु चन्द्रमान तमाङ्ग र शम्भु थोकर, महिला वडा सदस्य सुकुमाया जिम्बा, दलित महिला सदस्य बुद्धिमाया बिक, वडा सचिव अरुणकुमार बस्नेत, पूर्ववडा सदस्य टेकबहादुर स्याङ्तान र स्थानीय समाजसेवी युवक मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गर्नुभएको थियो ।
त्यसैगरी निजगढ नगरपालिका वडा नम्बर १२ को कार्यालयले च्याप्टर नेपालको सहकार्यमा वडाका २ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि ट्राफिक सचेतनामूलक कार्यक्रम संचालन गरेको छ ।स्थानीय सरस्वती आधारभूत विद्यालय कोलगाँउ र नेपाल आधारभूत विद्यालय बुङ्जोरमा विद्यार्थी र अभिभावकहरुको लागि बिहीवार ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।वडा अध्यक्ष ज्ञानबहादुर गोलेको प्रमुख आतिथ्यता भएको सो कार्यक्रमको उद्धाटन कार्यक्रममा वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला वडा सदस्य शुकुमाया जिम्बा, वडा सचिव अरुणकुमार बस्नेत, च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिना तथा विद्यालय छात्रछात्रा र शिक्षकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख दीपक केसीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गर्नुभएको थियो ।

















