दिपेन्द्र जयसवाल
गन्जभावनीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालय गडहलको प्राङ्गणमा श्रीज्ञान गंगा सामुदायिक सिकाइ केन्द्रले छैठौं औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सिकाइ केन्द्रका अध्यक्ष प्रमेन्द्रकुमार फौजदारको अध्यक्षतामा सम्पन्न सो साधारण सभामा सिकाइ केन्द्रकी समाजिक परिचालिका रोशनीकुमारी चौधरीले संस्थाको वार्षिक प्रतिवेदन र प्रगति प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।
बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायको प्रमुख अतिथ्यतामा भएको सो साधारण सभामा संञ्चारकर्मी दिपेन्द्र जयसवाल, श्री नथुनी अधारभुत विद्यालय दौर्वाका प्रधानध्यापक संजय चौधरी, वडा सदस्य शर्मिला पासवान, एस वो डि सी सी संस्थाकी समाजिक परिचालिका पुर्णिमा फौजदार, आसमान नेपालका किशोरी यादव, आयोजक संस्थाकी सोनिकाकुमारी फौजदार, जन चेतना सामुदायिक सिकाइ केन्द्र खोपवाका अध्यक्ष बिन्देश्वरप्रसाद चौधरीलगायतका वक्ताहरुले सिकाइ केन्द्रले गरेको कार्यको बारेमा जानकारी गराउँदै संस्थाको उत्तरोत्तर उन्नति, प्रगती कामना र प्रसांसासमेत गरेका थिए ।
साधारण सभामा बारागढी गाउँपालिकाभित्रका ६ वटा वडाहरुमा संञ्चालित सबै सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष, आयोजक संस्था व्यवस्थापन समिसितको पदधिकारीहरु, स्थानीयवासिन्दा, शिक्षक शिक्षिका र विभिन्न संघसंस्थाका प्रतिनिधि तथा संञ्चारकर्मीहरुको विशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको संञ्चालन प्रमानन्द चौधरीले गर्नुभएको थियो ।


















