जीतपृुर,जीतपुरसिमरा उपमहानगरले लगाएको नदीजन्य पदार्थ उत्खनन र बिक्रीको ठेक्का सकारेका व्यवसायीहरुले रकम फिर्ता गरेर ठेक्का रद्द गर्न उपमहानगरपालिका कार्यालयसंग माग गरेका छन ।मापदण्ड विपरित उत्खनन गरिएको भन्दै जिल्ला अनुगमन समिति बाराको टोलीले मापदण्ड विपरित नदीजन्य पदार्थ निकालिएको भन्दै गत बुधवार उत्खननमा प्रयोग गरिएको एक्साभेटरको चाबी नियन्त्रणमा लिएपछि काम गर्न असहज भएको भन्दै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलाई पत्र बुझाएर ठेक्का रद्द र रकम फिर्ताको माग गरेका हुन ।

वसायीहरुले प्रमुख प्रशासकीय अधिकृत प्रसादलाई भेटेर ढुङ्गा, गिटी, बालुवा बिक्री रसिदको ठेली पनि उपमहानगरपालिकालाई बुझाएका छन । निवेदनमा ठेक्कदार कम्पनीहरुले अनुगमनको बहानामा स्थानीय प्रशासनले नदीजन्य पदार्थ बिक्री निकासी बन्द गर्न आदेश दिएको अवगत गराइएको छ ।जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र साहको नेतृत्वमा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरीक्षक सुरेश काफ्ललगायतको टोलीले गत बुधवार दुधौरा, वालगंगा र पसाहा खोलको अनुगमन गरेर मापदण्ड विपरीत उत्खनन गरिएको भन्दै उत्खननमा प्रयोग भएको एक्साभेटरको चाबी र रसिदको ठेली नियन्त्रणमा लिएको थियो ।
टोलीले खोलामा उत्खनन गर्नुपर्ने क्षेत्रहरुको सिमाकंन निर्धारण नगरेको, नदीजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनले अनुमती नलिएको, खोला उत्खननअघि घाटगद्दी गर्नुपर्ने कानुनी व्यवस्थाको पालना नगरेको, दुधौरा खोलामा आईइ क्षेत्रभन्दा बाहिर बगरमा उत्खनन गरेको भन्दै प्रजिअ घिमिरेको मौखिक आदेशमा खोला बन्द गर्न निर्देशन दिइएको हो ।तपुरसिमरा उपमहानगरले चालु आर्थिक वर्षको लागि बोलपत्र आह्वान गरेर पसाहा खोला भ्याटसहित ४ करोड २ हजारमा सोमन सप्लार्यलाई, बालगंगा खोला ४ करोड १६ लाख ९६ हजार ९८९ मा जयमातादी कन्ट्रक्सन कलैयालाई र दुधौरा खोला सन्देश सप्लायर्सलाई २ करोड ४९ लाख ७३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

Leave a Reply