धर्म मानिसको आस्था हो, जसले जति सुकै आफू नास्तिक भएको देखाउन खाजे पनि जीवनकको एक क्रममा यसले भगवानको नाम पुकारेकै हुन्छ । बाहिर देखिने गरी धर्म कोही होइन भन्नेहरु पछिल्ला दिनमा धर्मको पछाडि लागेको उदाहरण हाम्रै समाजमा छन् । त्यसैले पनि धर्म केही होइन भनेर व्याख्या गर्नुभन्दा पनि धर्मको सम्मान गर्दा चैं उचित होला । सबैलाई थाहा छ, नेपाल बहुजातीय र बहुभाषिक तथा बहुधार्मिक देश हो । त्यसैले पनि यो देशमा धर्मको स्वतन्त्रता छ ।
गणतन्त्र स्थापना हुनुभन्दा अगाडि भने नेपाल हिन्दु देश थियो तर अहिले यो संबिधान अनुसार नै हटेको छ । संबिधान बन्नुभन्दा अगाडि धर्मकै आधारमा समाज चल्ने गर्दथे र अझै पनि केही देशमा धर्मकै आधारमा शासन गर्ने पनि परिपाटी छ । नेपालमा अझै पनि हिन्दु धर्म मान्ने मानिस बढी छन् यसो भन्दैमा हिन्दुले अन्य धर्मको विरोध गरेको पाइदैन तर राजनीतिक स्वार्थका लागि पछिल्ला दिनमा कही कतै यस्ता आवाज सुनिन्छ ।नेपालमा शासन सत्तामा रहेकाहरुले पनि धार्मिक हिंसा भड्काउने गर्दछन् । यसैको पछिल्लो उदाहरणको रुपमा पर्यटनमन्त्री सुदन किराँती देखिनु भएको छ । बोल्न आवश्यक नै नभएको विषय उठान गरेर देशमा धार्मिक हिंसा भड्काउने प्रयासमा मन्त्री लागेको देखिन्छ । सबैलाई थाहा छ त नेपालमा अहिले हिन्दु राज्य छैन तर हिन्दुहरु त छन् नि । अनि उनीहरुको अवमूल्य गर्ने गर्ने काम पनि गर्नु भएन । जनतामा एक अर्कालाई सम्मान गर्ने परिपाटी छ तर नेतामा गलत संस्कार भएकाले पनि धर्मको नाउमा हिंसा भड्काउने प्रचन्च गरिन्छ ।















