नरेश गुप्ता
बरियारपुर,बारामा करेन्ट लागेर एक पुरुष सोमबार गम्भीर घाइते भएका छन । आदर्श कोतवाल गाउँपालिका वाड नम्बर ७ धावा टोलस्थित प्र.२–००२ ख ०३५३ नंम्बरको टिपरमा लत्रेको बिजुलीको तार छुटाउने क्रममा करेन्ट लागेर सोही ठाउँ .बस्ने वर्ष ३५ का सुवास ठाकुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
११ हजार भोल्टेजको विद्युतीय तार बासको लठ्ठीले उचालेर हटाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते ठाकुरलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि थप उपचारको लागि न्युरो अस्स्पताल वीरगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो । चालक पचरौता नगरपालिका वडा नम्बर ७ कुडवा बस्ने वर्ष ४० का राजकिशोर यादवलाई टिपरसहित ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कुखुरा फर्ममा आगलागी
बरियारपुर,पचरौता नगरपालिका वडा नम्बर २ ललचन्हा टोलमा रहेको कुखुरा फर्ममा आगलागी हुँदा एक लाख बराबरको क्षति भएको छ । स्थानीय अन्जुल ताराको फुसको कुखरा फर्म बिजुलीको तार सर्ट भइ आगलागी हुँदा कुखरा फर्मसहित फर्ममा रहेको दाना र भाडाबर्तनसमेत गरी १ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।