प्रचलित कानुनले कुनै पनि स्थानीय तहको पालिकामा नगर प्रमुख वा गाउँपालिका अध्यक्ष नै सर्बेसर्बा हुने व्यवस्था गरेको छ ।यसो भन्दैमा नगर प्रमुख वा गाउँपालिका अध्यक्षले जे पनि गर्न पाउछन भन्ने पनि हुदैन तर अधिकारका हिसावले ऊ शक्तिशाली नै हुन्छ र केही कुनै समस्या आयो भने अभिभावकीय रुपमा उसले नै समस्या समाधान गर्नुपर्छ बल्झाउने कार्य गर्ने पक्कै होइन ।

तर, बाराको जीतपुरसिमरा यस्तो एउटा स्थानीय तह देखिएको छ, जहाँ मेयरका कारण यतिबेला जात्रा भएको छ । हुन त यहाँ मेयरलाई बद्नाम गर्नका लागि राजनीतिक पूर्वाग्रही भएर लेखियो पनि भनिएला तर उद्देश्य त्यो होइन, मुख्य कुरा के हो भने सोमवारको घटना कसरी आयो भन्ने चैं महत्वपूर्ण कुरा हो ।कसका कारणले सोमवार नगरसभाको बैठकमा तोडफोड भयो ? हुन त यो गलत हो तर यो स्थिति ल्याउनेमा मेयर नै दोषी देखिन्छन् । हिजो मेयरलाई मत दिएर जिताउनेहरुले नै विरोध गरेर ताण्डव मच्चाएको अवस्था छ । अनि आफूलाई मत दिनेलाई समेत आफ्नो पक्षमा पार्न नसकेपछि मेयरको असक्षता यसै पनि देखिएको हो । मेयर पद भनेको गफ लगाएर वा हिजो जनयुद्धको बेलामा कसैलाई धम्की दिएर चलेजस्तो चल्ने पद होइन ।

अनि खल्तीमा एक हजार रुपैयाँ छ भनेर आफ्नो पक्षीय यूटुबेहरुलाई अन्तरवार्ता दिन लगाएर कसैले सहानुभूति पाइने कुरा कुरा होइन । तपाई पदमा बस्नु हुन्छ अनि मसंग केही छैन भन्नु हुन्छ भने त्यो पनि तपाईको नालायकीपन नै हो ।
यस्ता बेतुकको कुरा गर्नुभन्दा पनि कसरी नगरलाई राम्रोसंग संचालन गर्ने, नगरवासीलाई खुसी दिने अनि जनप्रतिनिधिहरुलाई मिलाएर लैजाने भन्ने सोच मेयरमा हुनु पर्दछ ।सोमवार नगरसभा बैठकमा भएको घटना दुःखद भए पनि यसको मुख्य कारक भने प्रमुख नै देखिन्छन् । यो नगरवासीका लागि राम्रो कुरा होइन र स्वयम् जनप्रतिनिधिहरुका लागि लज्जास्पद कुरा पनि हो ।

Leave a Reply