कलैया,बाराका प्रहरी टोलीले सिम्रौनगढ क्षेत्रबाट अवैध रूपमा नेपाल भित्रिएको भारतीय चकलेट नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानिको मिलेमतोमा गरिएको कारबाहीमा ना.२च १३०४ नम्बरको पिकअपसहित भारतीय चकलेट बरामद गरिएको हो । बरामद चकलेटसहितको गाडी जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको छ ।प्रहरीका अनुसार बरामद चकलेट गए राति तस्करले भारतबाट नेपाल भित्राएको र सो कार्यमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी खजानीका प्रहरीहरुको संलग्नता रहेको दावी गरिएको छ । स्रोतका अनुसार सिम्रौनगढ क्षेत्र हाल व्यापक रूपमा अवैध तस्करीको मार्ग बनिरहेको छ ।प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको र बरामद सामग्रीको अनुसन्धान जारी रहेको जनाएको छ ।

Leave a Reply