नेकपा एमाले गत मंसिर ४ गते सम्पन्न भएको आम चुनावको आधारमा भन्ने हो भने ऊ यो देशको दोश्रो ठूलो दल हो ।एमालेको दशौं महाधिवेशन सकिएको पनि करिब दुई वर्ष भएपनि एमालेभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कम भयो भनेर आलोचना हुने गरेकै हो । त्यसो त नेपालमा हर कम्युनिष्ट पार्टीमा हेर्ने हो भने आन्तरिक लोकतन्त्र एकदमै कम देखिन्छ । लोकतन्त्र कम भनेको उनीहरुमा आपसी प्रतिस्पर्धाको भावना नै कम छ ।खासगरी नेतृत्वका विरोधमा लाग्न हुन्न र कम्युनिष्ट पार्टीमा लागेपछि नेतृत्वको विरोध पनि गर्न हुन्न भन्ने मान्यता अनि भ्रमले पनि अधिवेशनको समयको चुनाव हुने परिपाटी छैन तर पछिल्लो समय भने एमालेमा नेतृत्व चयनका लागि निर्वाचन भएको देखिन्छ । यहाँ एमालेको प्रशंसा गर्न खोजिएको होइन बरु यस्तो प्रणाली सबै पार्टीमा आवश्यक छ चैं भन्न खोजिएको हो ।पार्टीलाई बलियो बनाउनका लागि पनि निर्वाचन आवश्यक छ । एमालेको मधेस प्रदेशको अधिवेशन नजिकिदै छ भने बागमतीमा निर्वाचन प्रकृयाबाट नै नेतृत्व चयन भएको अवस्था छ । मुलत टिके अथवा नेतृत्वले जसलाई भन्यो उसैलाई नेता बनाउने प्रवृत्ति पनि देखिन्छ । यसको अन्त्यका लागि पनि निर्वाचन हुन आवश्यक छ र जुन एमालेमा देखिएको छ । यो लोकतन्त्रका लागि राम्रो पक्ष हो ।

Leave a Reply