प्रहरी भनेको समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्नका लागि गठिन संस्था हो ।नेपालमा प्रहरीलाई शासकहरु्रले आफ्नो स्वार्थ अनुसार प्रयोग गर्दै आइरहेको भएपनि यो विशुद्ध नागरिकको सुरक्षाका लागि गठन गरिएकै संस्था हो अनि कानुन कार्यान्वयन गर्ने निकाय पनि यही नै हो ।त्यसैले पनि प्रहरी सत्यका लागि साथी हो भने अपराध गर्नेका लागि राक्षस नै हो । प्रहरीले अपराध नियन्त्रणको लागि गरेका आफ्ना कार्यहरुको आफैले निक्कै फुर्तीका साथ चर्चा पनि गर्नेगर्छ । तर उसले केही गतिविधि यस्ता छन, प्रहरीले निक्कै महत्वका साथ चर्चा गर्ने गरेको भएपनि फुर्ती लगाउने विषयमा भने ति कुराहरु पर्दैनन् ।यस्तै कार्य मध्ये प्रहरीले गर्ने एउटा काम हो गाँजा फडानीको कुरा । बारा प्रहरीले मात्र होइन, देशभरि अझ तराई मधेस क्षेत्रमा रहेका प्रहरीहरुले हिउँद लागेपछि गाँजा फाडनीमा निकै काम गरेको भनेर प्रचार गर्ने गर्दछन् तर जति प्रहरीले गाँजा फडानी गरेको दाबी गरेपनि यो खेती अन्त्य भएको भने देखिदैन । बरु मौलाउदै गएको पो देखिन्छ । हुन त गाँजा लागू औषध हो । यसको वैधानिक खेती विश्वको थोरै देशहरुमा मात्र छ तर नेपालमा पनि खेती गर्न दिनुपर्छ भनेर आवाज पनि उठाइएको छ ।सरकारले प्रतिवन्ध लगाएको कुरामा प्रहरीले निगरानी राख्नु स्वभाविक भएपनि यसैमा प्रहरीले फुर्ती लगाउने कुरा चाही आउदैन । किनभने गाँजा खेतीबाट यदि नेपालीहरुले राम्रो कमाइ गर्छन् भन्ने देखिन्छ भने सरकारले बैधानिकता दिनुपर्दछ र नेपालमा सन्दर्भमा यो कुरा ठीकै हो कि जस्तो पनि देखिन्छ । त्यसैले बिक्री अथवा बिदेश निकासीका सवालमा गाँजाको खेती हुन्छ भने गर्न दिनु नै उचित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here