राजन कुमार बानिया
पोखरियार,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर– ३ हरिहरपुरमा शनिवार नयाँ हाट बजार उद्धाटन भएको छ ।
हरिहरपुरमा नयाँ हाट बजारलाई एक समारोहकाबीच शनिवारको दिन गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले उद्घाटन गर्नुभएको थियो । हरिहरपुरमा रहेको बजरगं चौकमा हाट बजार शुरु भएको हो ।सो हाट बजार प्रतेक शनिवार हरिहरपुरमा लाग्ने आयोजक समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता श्यामकिशोर पटेल, वडा अध्यक्ष राजकिशोर पटेल, नेकपा एमालेका नेता सदाम हुसेन, हरिशंकर पटेल, अमिका पटेल, पपु पटेल, दुर्गा पटेल इबराहिम मियाँ, बजार समिति अध्यक्ष प्रशान्त गुप्ता, उपाध्यक्ष शान्ति देवी, सचिव पवन पटेल, कोषअध्यक्ष सुजित पटेल, सहसचिव रामाधार पटेल, मिरोज आलम, सदस्य इखतियार मियाँ लगायतको सहभागिता रहेको थियोे । हाट बजारमा सास्कृतिक नाँच नचाएर प्रसार प्रचार गरिएको थियो


















