वीरगंज, /  वीरगंजका उद्योगी व्यवसायीले धान र धामल निर्यातमा २० प्रतिशत कर लगाउने भारतको निर्णयप्रति आपत्ती जनाएका छन् । भारत सरकारको खाद्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयअन्र्तगतको राजस्व विभागले शुक्रवारदेखि लागु हुने गरी धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णयको वीरगंजका व्यवसायीहरुले विरोध गरेका हुन् ।

यसअघि भारतबाट हुने धान र चामल निर्यातमा भन्सार कर नलाग्ने गरेकोमा शुक्रवारदेखि कार्यन्वयन हुने गरी लगाइएको करको वीरगंज उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर विरोध आपत्ती जनाएको जानकारी गराएको हो ।
धान र चामल निर्यातमा २० प्रतिशत कर लगाउंदा नेपालमा खाद्यान्नको मह·ी अंझै बढ्ने र चामल उत्पादन गर्ने उद्योगहरु बन्द हुने अवस्था पुग्ने वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बताए । भारत सरकारको कर लगाउने निर्णय फिर्ता गर्नका लागि नेपाल सरकारले पहल गर्नुपर्ने डा. गुप्ताको माग छ ।

धान र चामल निर्यातमा भारतले २० प्रतिशत कर लगाउंदा नेपालमा मह·ी बढ्नुका साथै नेपाल सरकारको राजस्व संकलनमा पनि कमी आउने नेपाल दाल, चामल तथा तेल संघका अध्यक्षसमेत रहेका डा. गुप्ताको भनाई छ । उनले भने, ‘भारत सरकारलाई यो निर्णय तत्काल फिर्ता गर्नका लागि नेपाल सरकारले पहल गर्न आवश्यक छ । नत्र यहांका चामल उद्योगहरु धराशायी अवस्थामा मात्रै पुग्दैनन्, नेपालमा खाद्यान्न संकटको अवस्था पनि नआउला भन्न सकिन्न ।’

२० प्रतिशत कर लागु गर्नु यहांका व्यवसायीको मात्रै समस्या नभएर सिंगो देशको समस्या भएको पनि डा. गुप्ताले बताए । देशभर साना ठूला गरि करिब २ हजार ५ सय चामल उद्योगमध्ये बारा पर्सा औद्योगिक करीडोरमा मात्रै झण्डै ७ सय भन्दा बढि चामल उद्योग रहेको पनि उनले जानकारी गराए ।
नेपाल सरकारको गलत नीतिका कारण अहिले पनि नेपालका ५० प्रतिशत चामल उद्योग बन्द रहेको बताउंदै उनले तत्काल चामल उद्योगीहरुको समस्या समाधानका लागि पहल चाल्न नेपाल सरकारको पनि ध्यानाकर्षण गराएका छन् ।
डा. गुप्ताका अनुसार नेपालमा वार्षिक १८ लाख मेट्रिक टन चामल खपत हुने गरेको छ । जसअन्र्तगत २० लाख मेट्रिक टन मात्रै स्वदेशी उद्योगले उत्पादन गर्ने गरेको पनि उनले बताए

स्वदेशमै उत्पादन हुने धान र चामलले नपुगेर भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए । उनका अनुसार भारतबाट वार्षिक करिब १७ लाख मेट्रिक टन धान आयात हुने गरेको छ ।

भारत सरकारले शुक्रबार देखि लागु हुने गरि कनिकाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णयले पनि यहांका उद्योगी एवम् व्यवसायी समस्यामा परेको गुप्ताको भनाई छ । उनले भने, ‘कनिका निर्यातमा भारत सरकारले प्रतिबन्ध लगाउंदा त्यसको प्रत्यक्ष प्रभाव यहांका बियर, ह्वीस्की लगायतका मदिरा र पशु दाना उत्पादन गर्ने उद्योगहरुमा पर्दछ । यसले यी उद्योगहरु बन्द हुने अवस्थामा पनि पुग्न सक्छन् ।’

आइतवार काठमाण्डौ पुगेर संघमार्फत प्रधानमन्त्री, अर्थ मन्त्री, उद्योग मन्त्री, भारतीय राजदूत लगायतलाई भेटेर यो निर्णय फिर्ता लिन माग गर्ने पनि डा. गुप्ताले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका उपाध्यक्षद्वय हरि गौतम, माधव रााजपाल, पूर्व अध्यक्ष प्रदीप केडिया लगायतका उद्योगी एवम् व्यवसायीहरुको उपस्थिती रहेको थियो

Leave a Reply