बीरगंज २६ कार्तिक ।
नेपाल ब्युटिसियन यूनियन पर्सा र राष्ट्रिय सौन्दरियकर्मी यूनियनको सहआयोजनामा एक दिने ब्राजिल हेयर केराटिन क्यारोलेन प्रोफेसन मेकअप सम्बन्धी एक दिने सेमिनार वीरगंज मा सम्पन्न भएको छ ।
वीरगंज को होटल मकालु मा शनिबार न्यू मनोकामना जेनरल स्टोरको आयोजना तथा नेपाल ब्युटिसियन यूनियन पर्सा र राष्ट्रिय सौन्दरियकर्मी यूनियनको सहआयोजनामा भएको कार्यक्रम मा पर्सा, बारा , रौतहट तथा मकवानपुर को एक सय पचास जना सौन्दरियकर्मी हरूको सहभागिता रहेको थियो ।
पछिल्लो समयमा समाजमा कपाल तथा मेकअप प्रति मान्छेहरुको बढ्दो आकर्षण तथा यसबाट अनुहार तथा शरीरमा पर्से नकारात्मक असरको बारेमा अन्तराष्ट्रिय हेयर टेक्निसियन जिग्मी शेर्पाले हेयरमा गरिने केराटिन ट्रिटमेन्ट सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो भने मेकअप सम्बंधी लस्ता रंजितकारले तालिम प्रदान गर्नुभएको थियो ।
वीरगंजमा ब्यूटिसियन सम्बन्धी तालिम भइ रहेतापनि अन्तराष्ट्रियस्तरका प्रशिक्षकहरुद्वारा प्राप्त हुने तालिमले पुरानाका साथै यस पेशामा आबध भएका नया“ ब्यूटिसियनहरुलाई अझ बढी व्यवसायिक हुन प्रेरित गर्ने न्यू मनोकामना जनरल स्टोरका सञ्चालक सज्जन अग्रवालले बताउनुभयो ।
कार्यक्रममा संचारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।