धिरेन्द्र तिवारी
कलैया,नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएशन इकाई समिति बाराको ९आंै साधारण सभाको उद्धाटन सत्र सम्पन्न भएकोछ ।शनिवार बिहान कलैयास्थित मालपोत कार्यालको प्राङ्गणमा प्रमुख अतिथि वीरगञ्ज उच्च आदालतका न्यायाधीश पुर्नेश्वर उपाध्यायले पानसमा पत्ति बालेर साधारण सभाको उद्घाटन गर्नुभएको थियोे ।उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले मालपोत कार्यालयमा रहेका कागज पत्र तथा अभिलेखहरु जोगाउन लेखापढी कानुन व्यवसायीहरुको अहम भुमिका रहेकोले समितिको सवल, सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न व्यवसायीहरुसंग आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ठ अतिथि मालपोत कार्यालय कलैयाका राजेश गिरीले नेतृत्व चयन सर्वसहमति गर्न शुभकामना दिनुभएको थियो ।कार्यक्रममा नापी कार्यालय सिम्रौनगढका प्रमुख दिनानाथ मिश्र, नेपाल लेखापढी ब्यावसायी संघको केन्द्रीय निर्वाचन परीवेक्षण विभाग समितिका सदस्य बिरेन्द्रप्रसाद यादव, पनालाल पटेल, सिम्रौनगढ इकाई व्यवसायी संघका अध्यक्ष रामलालप्रसाद यादव, कलैया लेखापढी व्यवसयी इकाईका उपाध्यक्ष शिवपुजन ठाकुर, सचिव दिनेशप्रसाद राउत, सहसचिव विनोदकुमार कर्ण, कोषाध्यक्ष प्रमानन्दप्रसाद पटेल र सदस्यहरु बागेराप्रसाद, लक्षणप्रसाद यादव, नरेन्द्र तिवारी, हुलासप्रसाद यादव, उपेन्द्रकुमार पासवान, सुनिताकुमारी कोइरालालगायत कलैया इकाईका सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।साधारण सभा कलैया इकाईका अध्यक्ष बृजकिशोर यादवको अध्यक्षतामा भएको थियोे ।
नयाँ कार्यसमिति नयनको लागि साधारण सभाको बन्द सत्र शनिवार राति ९ बजेबाट सुरु हुने बताइएको छ ।


















