कलैया,बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालयले शुक्रवार डीएसपी न्यौपानेको प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौ सरुवा गरेको हो । डीएसपी न्यौपानेको काज सरुवाको पत्र आएको प्रहरी उपरीक्षक महेन्द्र खडकाले जानकारी गराउनुभयो ।प्रहरी स्रोतका अनुसार डीएसपी न्यौपानेलाई कारबाही स्वरूप प्रधान कार्यालयले सरुवा गरेको हो । डीएसपी न्यौपानेले कलैयाका तत्कालीन क्याम्पस प्रमुख हरिभुषण कुश्वाहाको मुद्दा कमजोर बनाएको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियोे । प्रहरी उपरीक्षक खडकाले काज सरुवा भएको स्वीकार गरे पनि मुद्दा कमजोर बनाएको भन्ने कुरा गलत भएको दाबी गर्नुभएको छ ।

Leave a Reply