आर.के.चौधरी
सखुवाप्रसौनी,अवैध रुपमा गिट्टी बालुवाको उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ स्थित भेडहा खोलाबाट अवैध रुपमा गिट्टी बालुवाको उत्खनन् गर्ने ३ वटा ट्याक्टर प्रहरी चौकी मिलन चोक र नेपाली सेनाको सयुँक्त टोलीले नियन्त्रणमा लिएको हो ।ना.५त ७०५७, प्र. २–०३–००१ त १६३७ नम्बर र एउटा अनटेस्ट ट्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो । केशरीकाअनुसार तिन वटै ट्याक्टर प्रहरी चौकी मिलन चोकको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply