धिरेन्द्र तिवारी
कलैया,सशस्त्र प्रहरी बाराका विभिन्न ठाउँबाट अबैध बोईलर खुकुराको चल्ला, भैंसी र राङ्गा बरामद गरेकोछ ।
सशस्त्र प्रहरी गण १२ नम्बर अन्तर्गत रहेको सशस्त्र सीमा सुरक्षा गुल्म मटिअर्वाले सोमवार ४२ हजार बराबरको अबैध भारतीय बोईलर खुकुराको चल्ला समातेको थियोे ।कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मट्टीअर्वा सीमा नाका हुँदै भारतबाट नेपालतर्फ लिएर आउदै गरेको अवस्थामा सशस्त्र प्रहरी मट्टीअर्वाको टोलीले खुकुराको चल्ला नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको चल्ला मटिअर्वा पशु क्वारेन्टाइनको परिसरमा क्वारेन्टाइनका अधिकृत र स्थानीय पत्रकार, समाजसेवीको रोहवरमा नस्ट गरिएको छ ।त्यस्तै सिम्रौनगढको गोलागन्ज नाका हुदै भारतबाट नेपालतर्फ ल्याउदै गरेको १ लाख ५० हजार मूल्य बराबरको अबैध बोईलर खुकुराको चल्ला पनि सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको गस्ती टोलीले सोमवार नियन्त्रणमा लिएको थियो ।त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ स्थित दुधौरा खोलाबाट १ जना व्यक्तिले अबैध रूपमा भन्सार छली गरि भारतबाट नेपालतर्फ चोरी पैठारी गरी ल्याउदै गरेको ७ वटा भैंसी र एउटा राङा सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प जीतपुरको टोलीले नियन्त्रणमा लिएका छ ।नियन्त्रणमा लिएको भैसीको मूल्य ८४ हजार र रङ्गाको मुल्य ५ हजार रहेको सशस्त्र प्रहरी नेपाल १२ नम्बर गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागीले जानकारी गराउनु भएकोछ ।नियन्त्रणमा लिएको भैंसी र राङ्ग आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाएको उहाँले जानकारी गराउनुभयो

















