काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभर विपद्का ७३ वटा घटना भएका छन् । ती घटनामा परि चार जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार सोमवार आएको हावाहुरीबाट २ तथा सर्पको टोकाइ र चट्याङ लागेर १-१ जनाको ज्यान गएको हो ।४३ जिल्लामा भएका यी घटनामध्ये हावाहुरीका ४६ र आगलागीका १२ घटना प्रमुख छन् । विपद्का घटनामा परि १४ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार विपद्का घटनाबाट झन्डै २ करोड ४१ लाख रुपैयाँको क्षति हुँदा २७ चौपाया मरेका छन् ।

Leave a Reply