निजगढ,
निजगढ ९ स्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले निजगढ खेलकुद प्रतिभा पुरस्कार निजगढ वडा नम्ब्र ४ का फुटबल खेलाडी जन्मेजय धामीलाई प्रदान गरेको छ ।सहकारीको १३औं वार्षिक साधारण सभाको अवसरमा सहकारी संस्थाले धामीलाई शुक्रवार सो सम्मान प्रदान गरको हो ।निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग र संस्थाका अध्यक्ष मणिश्वर घिमिरेले धामीलाई सम्मान पत्र प्रदान गरेका हुन । निजगढ वडा नम्बर– ४ पुरानो निजगढ घर भएका फुटबल खेलाडी धामीले यु २० को नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेकाछन ।२०२१ बहराइनमा भएको यु २० एएफसी क्वालिफायर च्याम्पियनसिप खेलेका धामीले भारतमा यु २० साफ फुटबल पनि खेल खेलका छन । उनले २०१९ मा भारतमा यु १५ साफ र जोर्डनमा यु १६ एएफसी क्वालिफायर च्याम्पियनसिप खेलेका छन् । सन् २०२२ मा एनआरटी क्लबमा आवद्ध धामीले ए डिभिजन लिग पनि खेलका छन भने हालैमात्र उनले नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनीबाट खेलेका थिए ।



















