सिमरा,बाराको सिमरामा शुभारम्भ कोरियन भाषा तालिम केन्द्र संचालनमा आएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित ईलाका प्रशासन कार्यालयअगाडि संचालनमा आएको सो भाषा तालिम केन्द्रको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले शनिवार उद्धाटन गर्नुभएको थियो ।उद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख अधिकारीले अहिले बैदेशिक रोजगारीमा जान युवाहरुको ताँती लगेको अवस्थामा भाषा र सीप सिकेर जान सके दुख नपाइने बताउनुभएको थियो ।उहाँले अन्य मुलुकभन्दा दक्षिण कोरिया रोजगारीका लागि उपयुक्त रहेको बताउदै गुणस्तरीय सिकाइमा ध्यान दिन आग्रह पनि गर्नुभयो ।कोरियन भाषा तालिम केन्द्रका संचालन प्रेम पाण्डेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य राजेश बछार र कार्यक्रमको संचालन सन्तोष पाण्डेले गर्नुभएको थियो ।संचालक पाण्डे स्वंम रोजगारीको क्रममा ६ वर्ष कोरिया बसेर आउनुभएको हो । कोरियाको अनुवभलाई सिपको रुपमा विकास गर्ने र आफ्नै ग्रामर बुम भएको, डिजिटल बोर्डको माध्यमबाट भाषा सिकाइने र मोवाईल एपबाट हरेक दिन प्रशिक्षार्थीको परीक्षासहितको कक्षा संचालन गरिने संचालक पाण्डेले जानकारी दिनुभयो ।


















