सिकिन्द्र साह

सिम्रौनगढ,बाराको पचरौता नगरपालिकाबाट मोटरसाइकल चोरी घटनामा एकै गाउँका ६ जना पक्राउ परेका छन् ।

पचरौता नगरपालिका वडा नं ७ बेनौली टोलका मोटरसाईकल चोरीमा संग्लन गिरोहका ६ जनालाई बारा प्रहरीले पक्राउ गरेको हो ।एउटै गाउँका १० जनामध्ये अन्य ४ जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संग्लन गिरोहका ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार बारा पचरौता नगरपालिका ७ का २१ वर्षीय विशालकुमार सहनी, सोही ठाउँका २० वर्षीय भोला पटेल, बृजमोहन साह सोनार, विजय पटेल, २४ वर्षीय हरिनारायण पटेल र २३ वर्षीय बरक सहनी रहेका छन् । चालु आर्थिक वर्षको साउन महिनाको तेस्रो सातासम्म बारा प्रहरीमा ९ वटा मोटरसाईकल हराएको उजुरी परेको छ । गत वर्ष १८४ वटा मोटरसाईकल चोरीका उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जनाउनुभयो ।

बाराको महागढीमाई नगरपालिका १ स्थित बरियारपुरबाट साउन १९ गते प्रहरीले २ वटा मोटरसाईकल चोरी गरी भाग्ने क्रममा पचरौता नगरपालिका ७ बेनौलीका सहनी र पटेल शुरुमा पक्राउ गरेको हो । उनीहरुको बयानका आधारमा प्रहरीले बाँकी ४ जनालाई १२ वटा मोटरसाईकलसहित नियन्त्रणमा लिएको हो । चोरीका मोटरसाईकल भारत लगेर इन्जिन तथा अन्य पार्टपुर्जा हेरफेर गरीने भएकाले चोरीका मोटरसाईकल भेटिन समय लाग्ने गरेको बारा प्रहरीले जनाएको छ ।

Leave a Reply