सिकिन्द्र साह

सिम्रौनगढ,बारा जिल्लाको पचरौता नगरपालिकाका आगलागी पिडीत दुई परिवारलाई नगर प्रमुख रमेश यादबले आर्थिक सहयोग गर्नुभएको छ । नगरपालिकाको वडा नम्बर ३ स्थित रामनगरमा रहेको राजदेबी पोल्ट्री फर्मका संचालक गान्धी पटेल र वडा नम्बर ७ का खबुलाल महरालाई प्रमुख यादबले सहयोग स्वरुप १५÷१५ हजार रुपैयाको चेक बुधबार हस्तान्तरण गर्नुभएको हो ।

दुई साताअघि पोल्ट्री फर्ममा भएको आगलागीमा परी कुखुरा जलेर क्षेति भएपछि व्यवसायी गान्धी समस्यामा पर्नुभएको थियो ।

त्यसैगरी पचरौता नगरपालिका वडा नम्बर ७ सखुवाटमा आगलागीबाट घर जलेर समस्यामा परेका खुबलाल महरालाई पनि नगर प्रमुख यादबले १५ हजार आर्थिक सहयोग गर्नुभएको छ । आगलागीबाट महराको घरमा रहेको लत्ताकपडा र खाद्यान्नसमेत जलेर नष्ट भएको थियो ।

नगर प्रमुख यादवले समाजिक दुरी कायम गान्धीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

Leave a Reply