निजगढ,निजगढको बागदेव दुग्ध उत्पादक सहकारी संस्थाको संचालक समितिमा अध्यक्षसहित अधिकांश पदका उम्मेदवारहरु निर्विरोध चयन भएका छन ।अध्यक्षसहित अधिकांश पद निर्विरोध .चयन हुदाँ पनि एकजना उपाध्यक्षको लागि ३ जनाको उम्मेदवारी परेपछि उपाध्यक्षको लागि भने मतदान नै हुने भएकोे छ ।निर्वाचन अधिकृत अजयकुुमार उप्रेतीले दिएको जानकारीअनुसार उपाध्यक्षमा गोविन्द घिमिेर, उदयराज पाण्डे र टुकबहादुर तिमल्सिनाले उम्मेदवारी दिनुभएको छ । सचिव, कोषाध्यक्ष र केही सदस्य पदमा आवश्यकताभन्दा बढी संख्यामा परेको उम्मेदवारी मध्ये केहीले बिहीवार नै फिर्ता लिएपछि अन्य सबै पदमा सर्वसम्मत भएको हो ।निर्वाचन समितिले दिएको जानकारीअनुसार संस्थाको अध्यक्षमा थानेश्वर सापकोटा (अबिरल), सचिवमा प्रकाश सापकोटा, कोषाध्यक्ष रामहरी खरेल र उपसचिवमा निर्मल बजगाई तथा सद्स्यहरु तुलसिराम राउत, सुर्यबहादुर खड्का, बसन्ता कार्की, रन्जिता अधिकारी, सर्मिला हुमगाई, सन्तुबहादुर वाईबा, तिलकबहादुर राउत, उमा अर्याल, देहेन्द्रप्रसाद घिमिरे र लेखा समिति संयोजकमा राजनप्रसाद तिमल्सिना र सदस्यहरुमा उमादेबी दहाल घिमिरे तथा रामप्रसाद हुमागाई निर्विरोध निर्वाचित हुनुभएकोे हो ।संचालक समितिको अध्यक्ष पदमा सापकोटोको मात्रै उम्मेदवारी परेपछि उहाँ यसअघि नै निर्विरोध हुनुभएको थियो ।उपाध्यक्षमा ३ जनाको उम्मेदवारी कायम नै रहेकाले सो पदको लागि आगामी पुष २७ गते मतदान हुने निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिनुभएको छ ।

Leave a Reply