पुष्पराज खतिवडा
बारा,बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतवार निजगढमा निःशुल्क आँखा र दन्त परीक्षण शिविर संचालन गरिएको छ ।निजगढ ११ अवस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरमा चिकित्सक सुशिल सिंहको टोलीले विरामीहरुको आँखा र दाताको परीक्षण गरेको थियो ।स्थानीय ९३ बर्षीय वृद्ध महिलाको आँखा परीक्षणपछि शिवीर शुरु गरिएको थियो ।
सो शिविरमा १२७ जनाले आँखा परीक्षण गराएकोमा ११ जनामा मोतियाविन्दुफेला परेको थियो ।त्यस्तै दन्त शिविरमा ९३ जनाले दाँत परिक्षण गराएका थिए । जसमा आरसिटीमा २५ प्रतिशत तिलगंगा आँखा अस्पतालको सहयोगमा छुट सहित परीक्षण गराइएको हो ।मोतियाविन्दु देखिएका विरामीहरुलाई कात्र्तिक २६ गते निजगढ तिलगंगा आँखा अस्पतालले निःशुल्क उपचार गरिने सहकारी संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताउनुभयो ।
त्यसैगरीजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा १०५ जनाले आँखा परीक्षण गराएका छन ।
तिलगंगा आँखा अस्पताल निजगढ सेवाकेन्द्रको सहयोगमा आयोजित शिविरमा विरामीले आफ्नो आँखा परीक्षण गराएका हुन् ।
परीक्षण गरिएका मध्ये ६ जनाको आँखामा मोतियाबिन्दु रोग फेला परेको नेत्र सहायक धर्मराज यादवले जनाकारी दिनुभयो । उहाँहरुको केही दिनभित्र निजगढमा निःशुल्क सल्यक्रिया गरिने उहाँले बताउनुभयो ।शिविरमा सहकारी संस्थाकोतर्फबाट संस्था सहायक जगदिप कोइराला र चमेली लोप्चनले सहजीकरण गर्नुभएको थियो ।तिलगंगा आँखा अस्पताल निजगढ सेवाकेन्द्रका नेत्र सहायका धर्मराज यादव, अर्का नेत्रसहायक एनिस कालाखेती र आँखा स्वास्थ्य कार्यकर्ता जनक अवस्थी लगायतले विरामीको आँखा परीक्षण गर्नुुभएको थियो ।संस्थाले यसअघि पनि दर्जनौंपटक शिविरको आयोजनागरी आफ्नो कार्यक्षेत्रमा रहेका आँखाका विरामीको हितमा काम गरिसकेको संस्थाले जनाएको छ ।सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काका अनुसार हेटौंडा सामुदायिक आँखा अस्पताल हेटौंडा र निजगढ सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा २ हजार बढी मोतियाबिन्दुका विरामीको निःशुल्क उपचारमा संस्थाले भुमिका खेलेको उहाँले जानकारी दिनुभयो ।


















