रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १३ को धारापानी सामुदायिक वन क्षेत्रमा भिषण राति आगलागी भएको छ ।वन क्षेत्रमा सल्केको डढेलो फैलिएर सोमवार साँझबाट सुरु भएको आगलागी मंगलवार पनि नियन्त्रणमा आउन सकेको छैन ।सामुदायिक वनको काठ÷दाउरा घाटगद्दी स्थान नजिकको च्यान डाँडामा भएको आगलागीबाट हरिया, सुकेका र ढलेकासमेत गरी सयौं रुख र विरुवा जलेर नष्ट भएको बताइएको वन समुहका अध्यक्ष उमेश घलानले जानकारी दिनुभयो । उहाँका अनुसार सुकेका र ढलेका ३ दर्जनभन्दा बढी ठूला रुख र सयौं हरिया रुख र विरुवा आगलागीबाट नष्ट भइसकेका छन ।मावार साँझ ६ बजे सुरु भएको वन डढेलोले १ घण्टाभित्रमा नै भिषण रुप लिएको अध्यक्ष घलानले जानकारी दिनुभयो । निजगढ नगरपालिकाबाट गएको बारुणयन्त्रसहित निजगढ १० स्थित लाल सशस्त्र बेसक्याम्पका सशस्त्र प्रहरी र स्थानीय उपभोक्ताहरुले आगलागी नियन्त्रणको प्रयास गरेको भएपनि सफल हुन नसकेको बताइएको छ ।सबडिभिजन वन कार्यालय रतनपुरीले उपभोक्ताहरुलाई वन क्षेत्रको झाडी सफा गर्न रोक लगाएपछि डढेलो सल्केर वन विनास भएको स्थानीय वन उपभोक्ताहरुले बताएका छन । वन समुहको कार्ययोजनाको म्याद सकिएको भन्दै वन कार्यालयले डढेलो नियन्त्रण प्रयोजनको लागि झाडी सफा गर्ने कार्यको लागि उपभोक्ता समुहको मागअनुसार अनुमति दिएको थिएन ।

Leave a Reply