नेपाली संस्कृति अनुसार त माघ एक गते खिचडी खाने प्रचलन छ र त्यो दिन त आउन अझै केही दिन नै बाँकी छ तर नेपालमा राजनीतिक रुपमा एउटा खिचडी पकाउन थालिएको वषौं भइसक्यो तर अझै पनि पाकेको छैन ।आइतबार मात्रै एक आपसमा निकै झगडा गरेको जस्तो देखिने प्रचण्ड, शेरबहादुर देउवा तथा केपी ओली एक ठाउँमा भेला भएका छन् । उनीहरुले पकाउन नसकेको खिचडी भनेको चैं माओवादीले संचालन गरेको सशस्त्र संघर्षको व्यवस्थापन नै हो । सशस्त्र संघर्ष छाडेर माओवादी शान्ति बार्तामा आएको दुई दशक हुनै लाग्दा समेत यसको व्यवस्थापन भने भएको छैन ।विशेषगरी बेपत्ता व्यक्तिहरुको खोजबिन तथा सत्य निरुपण अनि सैनिक ब्यारेकमा भएको बलात्कारको कुरा हो । यसमा तीन दलका तीन कुरा छन् । शान्ति स्थापनापछिको करिब ६ महिनामा नै टुंगाउने भनिएको यो विषयले आजसम्म मुर्तरुप लिएको छैन । यसको सिधा जवाफदेहीता त प्रचण्ड नै छन् तर यसमा केपी र देउवा पनि उत्तिकै जिम्मेवार छन् र हुनु पनि पर्दछ ।तर, शीर्ष नेताहरुमा इमानदारिता देखिएको छैन । यो सशस्त्र संघर्षको विषय यसरी अल्झाएर लामो समय राखिराख्ने विषय हुदै होइन । मुख्यगरी हिजो देउवा प्रधानमन्त्री हुँदा र प्रचण्ड विद्रोहीको नेता हुँदा धेरै क्षति भएको र अहिले यिनीहरु संगै रहेकाले पनि दुबैले यो विषय टुंगाउन अति आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here