कृष्ण मोहन साह
सेढवा,पर्साको पटेर्वा सुगौली गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती आइतवारप्रहरीले फाडेर नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा गएको प्रहरी टोलीले पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ र ५ मा लगाइएको चार कठ्ठाको अबैध गाँजा प्रहरीले फडानी गरेर नष्ट पारेको हो ।
गाँजा खेती गर्ने व्यक्तिहरुको पहिचान गरी आवश्यक कारबाही गरिने ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक केशरीले जानकारी दिनुभयो ।

Leave a Reply