खासगरी कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले लगभग विश्वभर आतंक मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व त्रस्त छ ।

एक महिना अघि दक्षिण अफ्रिकाबाट सरेको सो भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । त्यसले नेपालमा पनि असर गर्नसक्ने आँंकलन गर्दै सरकारले सबैलाई सतर्क रहन आह्वान गरेको छ । भाइरस संक्रमण हुनसक्ने आशंका गर्दै सरकारले सबै सरकारी निकायका अधिकारीलाई अत्यावश्यक काममा बाहेक विदेश जान रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले आदेश जारी गर्दै दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आएका पर्यटक र नेपाली नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइन बस्न निर्देशन गरेको छ ।

नेपालमा सरुवा रोगको संक्रमणको कुरा चल्नासाथ छिमेकी भारतसँगको खुला सिमानाको स्मरण भइहाल्छ । भारतमा कुनै संक्रमणले प्रवेश पाउनासाथ नेपालीले विशेष सतर्क हुनैपर्छ ।

नेपालमा हालसम्म प्रवेश नगरेको ओमिक्रोन छिमेकी भारतमा पनि पुष्टि भने भएको छैन । कोरोना संक्रमणको कारण दुई वर्षसम्म ठप्प विद्यालय भर्खरै खुलेका र जनजीवन सामान्य बन्न लागेका बेला नयाँ संक्रमण साँच्चिकै निराशाको विषय हो । नेपालमा समेत तीन जनामा यसको पुष्टि भइसकेकाले अब यसलाई ठठ्टा नठानी सावधानी अपनाउन भने आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here